२६ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर एनपिएलमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेर पहिलो ब्यटिङ गर्ने भएको छ ।
किर्तिपुर टियु क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको हो । आजको खेलमा पराजित भएमा लिगबाट बाहिरिने लुम्बिनी पहिलो टोली बन्नेछ ।
लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । मंगलवार चितवन राइनोजसँग खेलेको टोलीबाट लुम्बिनीले १ परिवर्तन गरेको छ ।
लुम्बिनी लायन्सको प्लेइङ ११
रोहित पौडेल, सन्दीप जोरा, विवेक यादव, आशुतोष घिरैया, अविषेश गौतम, अर्जुन साउद, सुर्य तामाङ, टम मुर्स, उन्मुक्त चन्द, साद वीन जाफर र रेमन सिमोन्डस
काठमाडौं गुर्खाजको प्लेईङ ११
करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश कंडेल, रसिद खान, सुमित महर्जन, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी, डान डाउथवेट