Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

जोईन खबर

२६, मंसिर २०८१
  • 718
    SHARES
  • सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    २६ मंसिर काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    आफूमाथि छानबिन सुरु भएपछि सशस्त्र प्रहरी बल २९ नं गण हेडक्वार्टर दाङबाट राजीनामा दिएका इन्सस्पेक्टर छविलाल कुँवरविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा जागिर खाएको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको हो ।

    images
    images
    images

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कुँवरले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेशन, अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको भन्दै शैक्षिक प्रमाण पत्र पेश गरेका थिए ।

    त्यसका आधारमा ‘राष्ट्रसेवकको पदमा प्रवेश गरी बढुवा भइ ओहदा एवं लाभसमेत प्राप्त गरेको’ भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उनले प्रवक्ता घिमिरेले बताएका छन् ।

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १४:३२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको