२६ मंसिर काठमाडौँ । गोरखा शाखाले नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया स्थगित गरेको छ । निर्वाचन कार्यतालिका जिल्ला शाखाहरूमा बुधबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहे पनि मतदातासम्बन्धी विषयलाई लिएर पत्रकार महासंघ गोरखाले निर्वाचन प्रक्रिया स्थगित गरेको हो।
गोरखा शाखाले बुधबार जारी गरेको विज्ञप्तिमा जिल्लामा आवेदन नै नदिएका व्यक्तिको नाम मतदाता नामावलीमा आएपछि निर्वाचन प्रक्रिया स्थगित अध्यक्ष नरहरि सापकोटा र सचिव विकास मरहट्टाले उल्लेख गरे ।
जिल्लामा प्राप्त मतदाता नामावली जिल्ला शाखाले गरेको सिफारिसविपरीत रहेको र संशोधनका लागि केन्द्रसँग औपचारिक रूपमा पटक(पटक आग्रह गर्दा पनि बेवास्ता गरेकोले निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपरेको गोरखा शाखाले विज्ञप्तीमा भनिएको छ ।
सदस्यता शुद्धीकरणका विषयमा जिल्ला शाखाले गरेको निर्णय कार्यान्वयन गर्न पनि गोरखा शाखाको माग छ। यो माग पूरा नहुन्जेलका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ।