२६ मंसिर काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ ।केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा कार्यविभाजनबारे छलफल भइरहेको छ ।
‘कार्य विभाजन अनि अरु विषयमा पनि छलफल हुँदैछ’, महासचिव घनश्याम भूसालले भने ।गत असारमा सम्पन्न दशैं महाधिवेशनपछि एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन हुन सकेको छैन ।
मुख्य विभागमै नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन अगाडिकै जिम्मेवारीमा नेताहरु छन् ।
मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादी एक वडाध्यक्ष जितेको थियो ।
स्थायी कमिटी बैठक भोलिसम्म चल्ने जनाइएको छ ।