Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

जोईन खबर

२६, मंसिर २०८१
  • 694
    SHARES
  • पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु

    २६ मंसिर काठमाडौँ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा न-६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । भने चारजना घाइते भएका छन् ।मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु बुढामगर छन् ।

    images

    लुम्बनी प्रदेश ०२००१ ह ०३५० नंको अटो मध्यपहाडी सडकको पाखाँगाउँबाट रुकुमकोट आउँदै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हिमबहादुर केसीका अनुसार दुर्घटनामा घाइते हुनेमा सिस्ने गाउँपालिका–६ का १६ वर्षीय महेन्द्र बुढा मगर, सोही वडाकै १४ वर्षीया सुशीला बुढामगर, ११ वर्षीया सुस्मिता बुढामगर र अटोचालक सिस्ने गाउँपालिका–५ का ४० वर्षीय टोपबहादुर कार्की छन् ।

    images
    images
    images

    उहाँका अनुसार गम्भीर अवस्था रहेका १६ वर्षीय महेन्द्रलाई थप उपचारका लागि नेपालगञ्ज पठाएको छ । अन्य तीनजनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १६:५५:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको