२७ मंसिर काडमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १ र २ बारपाकमा आज सार्वजानिक शोक विदा गरिएको छ । केही दिन अघि बारपाककी सुचिना घलेको निर्मम हत्याले बारपाकमा आज बिहिबार वडा कार्यालयले एक सूचना जारी गरि सार्वजनिक विदा आव्हान गरिएको हो ।बारपाकका वडा १ का वडाअध्यक्ष धनबहादुर घलेका अनुसार घलेले हत्याका कारण शोक मनाउन गाउँमा भोलि सार्वजनिक विदा भनेर दुवै वडाले टोलटोलमा कटुवाल कराइसकेको बताए ।
शोक विदाका दिनमा बारपाकमा मेलापात, घाँस दाउराका सबै काम बन्द गरिन्छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सामुदायिक र निजी विद्यालय सबै बन्द रहन्छन् ।सुचिनाको अत्माले शान्ति पाओस् भनी गाउँका मुख्य लामाले गुम्बामा १०८ बत्ती बाल्ने, चिहानडाँडामा सुचिनाको नाममा माने बनाउने कार्यक्रम आयोजना गरिएको वडा अध्यक्षले जानकारी दिए । उक्त घटना जंगलमा घाँस काटन गएकी बेला तेही स्थानका एक पुरुष शारिरीक सम्बन्ध राख्दा उनले नमाने पछि हत्या गरि जंगलमा गाडिएको अवस्थामा भेटीएको ति चेलिको अत्माले शान्ती पाओस भनि भोलि बिहिबार सबै काम कार्य बन्दा गरिएको वडा अध्यक्ष घलेले बताए ।
आज सार्वजानिक विदाको दिन चिहानडाँडामा उनको आत्माको चीर शान्तिको कामना गर्दै लामाले विधिपूर्वक पूजा प्रार्थना गरिने छ । घटना भएको १२ औँ दिनमा सुचिनाको शव शिक्षण अस्पताल काठमाडौँबाट बारपाक ल्याई बुधबार घलेले जातिको दाहसंस्कार अनुसार अन्त्यष्टि गरिएको हो ।मृत्त घलेलेको जन्म घर धार्चेको काशिगाउँ माइत भई गत वैशाखमा विहे गरी बारपाक आएकी १८ बर्षीया सुचिनाको गत मंसीर १५ जंगलमा घाँस काट्न जाँदा हत्या भएको थियो ।