२७ मंसिर काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको बताएका छन् । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा बाटो अलि छोडीएको जनाए ।
पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो ।
अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ,’ प्रचण्डको भनाइ छ ।कतिपयले पार्टीको नाम फेर्दा जनताले भोट दिने तर्क गर्ने गरेको भन्दै त्यस्तो नहुने जिकिर गरे ।
कतिपय साथीहरूले भन्नुहुन्छ, माओवादी नामले गर्दा बर्बाद पार्यो । हामी ६४ पछि विभिजित भएर पनि अनुभव भयो । कतिपय स्टेप गलत गरेर पनि सिक्यौं ।