Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

जोईन खबर

२७, मंसिर २०८१
  • 667
    SHARES
  • गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ सुरु

    २७ मंसिर काठमाडौँ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीबारदेखि सुरु भएको छ ।प्रतियोगिताको पूर्व उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।

    images

    प्रतियोगितामा ३ विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एपीएफ र सातै प्रदेशका क्लबका १ सय ३ पुरुष र ४९ महिला गरी १ सय ५२ खेलाडीको सहभागिता रहेको छ ।गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा समावेश छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३० हजार, १५ हजार र ८÷८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    images
    images
    images

    स्वर्ण विजेतालाई अनरको मोबाइल पनि प्रदान गरिने छ ।टिममा पहिलो हुनेले १ लाख, दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही २५ हजार नगदसहित अनर मोबाइलबाट पुरस्कृत गरिने छ ।पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    महिला ४५ केजीमुनि एपीएफकी रिना माझी, बुदो उसुकी सरु राई, टोखा सो क्योकुसिनकी अस्मिता दोङ तामाङ र आयोजककी करिष्मा कार्की सेमिफाइनलमा पुगे । महिला ६० केजीमुनि एपीएफकी सुमित्रा नगरकोटी, आर्मीकी अप्सरा कुमाल, स्ट्रोङगेस्ट मुवाँथाईकी समनेह राज्वी र थुलुङ दुधकोशीकी मेसकुमारी कार्कीले सेमिफाइनल यात्रा तय गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

    प्रकाशित मिति :मंसिर २७, २०८१ बिहिवार - २१:४१:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको