२८ मंसिर काठमाडौँ । नेपाल पत्रकार महासंघको २७ औँ अधिवेशनको निर्वाचनमा नेपाल प्रज्ञा प्रतिष्ठना मतदानशान्ती पूर्ण तरिकाले चलिएको छ । केही समय देखि अधिवेशनलाई सहज तरिकाले लैजान नसकेको भएर जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान गर्ने तयारीले आज निर्वाचन गरिएको हो । निर्वाचन आज बिहान १० बजेदेखि सुरू भएको मतदान अपराह्न ४ बजेसम्म मतदान गर्न पाइने छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा (एमाले) निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका बागी रमेश विष्टलाई समर्थन गरेका छन्।चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ।कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला-जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।१० प्रदेश समिति र लगभग सबै जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भएको हो। निर्वाचन ४ बजे सकिए पछि लगायत मतगण गरिने छ । आज निर्वाचन केन्द्रमा भर पूर तरिकाले मतदान भई रहेको छ ।