२८ मंसिर काठमडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएलमा खेलमा विराटनगर किंग्सले जितको लागि चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।विराटनगर किंग्सका लागि बसिरले अविजित ६८ रन बनाए ।
यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए । विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो ।
बलिङमा चितवनका रिजन ढकालले २ विकेट,सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए ।