२८ मंसिर काठमडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ ।
केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिबारसम्म चल्ने बताइएको छ ।
बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टी नेतृत्वको भूमिकाबारे छलफल हुने प्रचार विभागले जनाएको छ । यसका साथै पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।