२८ मंसिर काठमाडौँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक खण्डको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा आज देखि पाँच दिनसम्म आंशिक सडक बन्द हुने भएको छ ।
यस सडक खण्डको जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजनाले जनाएको छ ।
कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ । यस सडकमा उक्त काम सकिए पछि मात्र सवारी सञ्चालन गर्ने तयारी गरिएको हो ।
