Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काँग्रेस महामन्त्री शर्माले  ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढे

काँग्रेस महामन्त्री शर्माले  ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढे

जोईन खबर

२८, मंसिर २०८१
  • 751
    SHARES
  • काँग्रेस महामन्त्री शर्माले  ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढे

    २८ मंसिर काठमाडौँ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोबुचे हिमाल चढेका छन् ।संसद दिवसको सन्दर्भ पारेर ५ जना युवासहित काँग्रेस महामन्त्री शर्माले ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढेका हुन् ।

    images

    मंसिर २१ देखि खुम्बु पदयात्रामा रहेका शर्मा र युवाहरूले शुक्रबार बिहान ६ बजेर ४५ मिनेटमा लोबुचे हिमालको सफल आरोहण गरेका हुन् ।

    images
    images
    images

    आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार यस पटक हिमाल आरोहणमार्फत ९ विषयलाई ध्यानाकर्षण गराउन खोजिएको छ।जसमा जलवायु परिवर्तन, पर्वतारोहीको सम्मान, पर्यटन क्षेत्रको विकासमा राज्यको विशेष प्राथमिकता, नागरिक विश्वास बलियो बनाउने गरी संसदको भूमिका, हिमाल जस्तै पवित्र र कन्चन नेपाली समाज, नेपालको समुन्नतिका लागि राजनीतिमा परिवर्तन, भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रण, भौतिक पूर्वाधार निर्माण ढिलासुस्ती र समुन्नतिका लागि अपनत्व विस्तारसहितको स्थिर संसदीय प्रणाली रहेको थियो ।

     

    प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - २१:३९:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको