२९ मंसिर काठमाडौँ । आज काठमाडौँ उपत्यकामा यो बर्षको सबै भन्दा बढी चिसो बढेएको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौँको न्यूनतम तापक्रम शनिबार बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।काठमाडौँबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।
जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा कम मापन भएको छ ।यसपालि हिउँदमा सरदरभन्दा कम पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको थियो ।