Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथन नेपाली सेनाका प्रथम

मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथन नेपाली सेनाका प्रथम

जोईन खबर

२९, मंसिर २०८१
  • 748
    SHARES
  • मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथन नेपाली सेनाका प्रथम

    २९ मंसिर काठमाडौँ । गोरखा  मनकामना मन्दिरदेखी गोरखाकालीसम्मको म्याराथन दौडमा  एक देखि १० सम्मा नेपाली सेनाका जवानहरु जितेका छन् । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा भएको म्याराथनमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लबका धावकहरुले पुरस्कार हात पार्न सफल भएको हो ।शनिबार बिहान गोरखाकै मनकामना मन्दिरदेखी गोरखा सदरमुकाममा रहेको गोरखाकाली मन्दिरसम्मको दौडमा निर्धारित दुरी पार गरी क्लबका कर्ण रावल पहिलो भएका छन् । उनले नगद १ लाख ५० हजार प्राप्त गरेका छन् ।

    images

    रावलले निर्धारित दुरी २ घण्टा ३६ मिनेट ७ सेकेन्डमा पुरा गरेका थिए ।खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा २ घण्टा ४० मिनेट ४४ सेकेन्डमा दुरी पार गरी क्लबकै हेमलाल श्रेष्ठ दोस्रो भएका थिए । उनले नगद १ लाख पुरस्कार हात पारेका छन् ।तेस्रो भएका गजिन्द्र राईले निर्धारित दुरी २ घण्टा ४४ मिनेट ६ सेकेन्डमा पुरा गरेका थिए । उनले ७५ हजार रुपैयाँ हात पारेका छन् ।म्याथनमा १०५ जना धावकले सहभागीता जनाएक थिए । मनकामना मन्दिर परिसरबाट सुरु भएको दौड ताक्लुङ, तीनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भँगार, बुङ्कोट, ढुंगागाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, पस्लाङ चौतारा, धारापानी, विपिचौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका हुदैँ गोरखकाली मन्दिर पुगेर टुंगिएको थियो ।

    images
    images
    images

    ४२ किलो मिटर १९५ मिटर को म्याराथनमा त्रिभूवन आर्मी क्लबका गोबिन्द कार्की, गोपाल तामाङ, सुवाष कार्की, तिलकबहादुर सुनार, राजन मेयोङवा, कुलबहादुर बस्नेत र प्रताप यामसुहाङ क्रमश। चौथोदेखी दशौंसम्म भएको जिल्ला खेलकुद बिकास समिति गोरखाका कार्यालय प्रमुख सरोज थापाले जानकारी दिए ।

    उनका अनुसार गोबिन्द कार्कीले २ घण्टा ४५ मिनेट ४२ सेकेन्ड, गोपाल तामाङले २ घण्टा ४७ मिनेट ५८ सेकेन्ड, सुवाष कार्कीले २ घण्टा ४८ मिनेट ३२ सेकेन्ड, तिलकबहादुर सुनारले २ घण्टा ४९ मिनेट १६ सेकेन्ड, राजन मेयोङवाले २ घण्टा ५४ मिनेट ३६ सेकेन्ड, कुलबहादुर बस्नेतले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डमा र प्रताप यामसुहाङले २ घण्टा ५८ मिनेट ५ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । 

     

    प्रकाशित मिति :मंसिर २९, २०८१ शनिवार - २१:३१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको