३० मंसिर काठमाडौँ । आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ ।
आज बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्नसक्ने जल तथा मौसम विज्ञान विभागले जनाए ।
यसैबीच, काठमाडौं उपत्यकामा बिहानको तुलनामा आज चिसो केही घटेको छ ।
तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान त्यो चार दशमलव पाँच डिग्री पुगेको छ ।आज उपत्यकाको अधिकतम तापक्रम १६देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।