Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा गुरुङ निर्वाचित

नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा गुरुङ निर्वाचित

जोईन खबर

३०, मंसिर २०८१
  • 985
    SHARES
  • नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपालिकाको तेस्रो सम्मेलन सम्पन्न अध्यक्षमा गुरुङ निर्वाचित

    ३० मंसिर काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र बारपाक सुलिकोट गाउँपालिको तेस्रो सम्मेलन सम्पन्न भएको छ । यही मंसिर २८ र २९ गते भएको खबदारी सभा सगै गरिएको पालिकाको तेस्रो सम्मेलन ताकुकोट पाल्खुमा हिजो सम्पन्न भएको हो ।

    images

    गाउँपालिकाको तेस्रो सम्मेलनबाट अध्यक्षमा नर बहादुर गुरुङको नेतृत्वमा उपाध्यक्षहरूमा कृष्ण गुरुङ्ग, शुभ प्रभात नेपाली जित बहादुर,पुर्ण बहादुर गुरुङ्ग सचिव राजकुमार गुरङ्ग सहसचिव नवराज तामाङ र कोषाध्यक्षमा सृजना श्रेष्ठ  निर्वाचित भएका छन्।अध्यक्ष गुरुङको  नेतृत्वमा रहेको समितिमा ३ सदस्यपछि थप्नेगरि  हाल ४२ सदस्य बारपाक सुलिकोट गाउँपालिका पार्टीको नयाँ कार्य समिति निर्वाचित गरिएको कार्यसमितिका उपाध्यक्ष  शुभ प्रभात नेपालीले जानकारी दिनु भयो ।

    images
    images
    images

    यो अधिबेसनको कार्यसमिति पादाधिकारीहरु सर्वसहमत निर्वाचित गरेको हो।हिजो सम्पन्न गाउपालिका तेस्रो सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्या परशुराम रम्तेल, भगवाती तिवारी, वैकल्पिक केन्द्रीय सदस्या बिष्णु प्रसाद भट्ट लगायतले मनतव्य राख्नु भएको थियो । यस सम्मेलनमा गाउँपालिक भित्रका सबै कार्यकर्ता तथा पार्टी सदस्या र बुद्वीजिवीहरुको उपस्थिति थिए । उक्त सम्मेलनलाई सबोधन गर्दै केन्द्रीय सदस्याहरुले अहिले देशमा भई रहेको भष्टचारविरुद्व एक भएर देश र समाज परिर्वतनको लागि हामी जनता पनि एक हुनु पर्ने बताए ।

     

     

    प्रकाशित मिति :मंसिर ३०, २०८१ आइतवार - १०:१४:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको