१ पुस काठमाडौँ । गोरखाको गोरखा नगरपालिका छेवेटारमा भई रहेको तेस्रो वडाकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । उक्त खृलको क्रममा अन्तिम चरणको फाइनल खेलमा अमलापानी टोल र समिचौर टोलबिच फाइनल हुनु भएको हो ।
गोरखा नगरपालिका वडा नम्वर १० को आयोजना तथा सुर्योदय युवा परिवारको सहआयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको थियो । यस प्रतियोगितामा प्थम स्थान हासिल गर्ने टिमले नगद ४० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् भने, दोस्रो स्थान हासिल गर्ने टिम नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडाध्यक्ष प्रदिप कुँवरले बताए ।
यस्तै, भेटेरान्स तर्फको फाइनल खेल पनि आजै हुने उनले जानकारी दिए । तीनघरे बिरिन्चोक र तीनघरे छेवेटारबीच प्रतिस्पर्धा हुने उनको भनाई छ ।
उक्त खेलका विजेता र उपविजेता टिमले पुरस्कार स्वरुप खसी पाउने उनले बताए ।महिला तर्फको डोरी तान्ने प्रतियोगिता अन्तरगत आज समिचौर टोल बिकास संस्था छेवेटार र साँझाफेदी टोलबीच फाइनल खेल हुने छ । दुवै तर्फको विजेता र उपविजेताले क्रमश २० हजार र १० हजार नगद पुरस्कार पाउने छन् ।