Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बारपाक सुलिकोट गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा पुन : नरबहादुर गुरुङ निर्वाचित

 बारपाक सुलिकोट गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा पुन : नरबहादुर गुरुङ निर्वाचित

जोईन खबर

१, पौष २०८१
  • 1.3K
    SHARES
  •  बारपाक सुलिकोट गाउँपालिका माओवादी केन्द्रको अध्यक्षमा पुन : नरबहादुर गुरुङ निर्वाचित

    १ पुस काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र को तेस्रो गाउँपालिका सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । यही मंसिरको २८ र २९ गते शुक्रबार भएको खबरदारी सभा कार्यक्रममा वर्तमान केपि ओली नेतृत्वको जनबिरोधी सरकारको बिरुद्धमा सभा गरिएको थियो । यस सभा समुद्धाटन समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले भ्रष्टचारीलाई प्रशय दिने गतिविधिले वर्तमान सरकार जनताबीचबाट खुईलिदै गएको बताए ।

    images

    एक प्रसंगमा वर्तमान एमाले कांग्रेसको गठबन्धनले उत्पीडित जनताको अधिकार खोसिने गरि संविधान संशोधन गर्न खोजेकोले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समानुपातिक निर्वाचन प्रणाली जस्ता शासन प्रणाली संशोधन गर्नुपर्ने बताउनु भयो । बारपाक सुलिकोट गाउँपालिका ताकु बहाकोटबाट जनविरोधी वर्तमान सरकारको बिरुद्धमा हजारौको संख्यामा नाराजुलुश गरि पाल्खु बजारमा पुगेर सभामा परिणत भएको गाउँपालिकाका पार्टी अध्यक्ष नर बहादुर गुरुङले जानकारी दिनु भयो ।

    images
    images
    images

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य भगवती तिवारी, बिष्णुप्रसाद भट्ट, प्रदेश सदस्य धामी बराम, सनमाया गुरुङ, वाइसिएल नेपाल गोरखाको सचिब रिजन बिक, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य सुलभ अंगाई लगायतले भ्रष्टहरुलाई संरक्षण गर्ने केपि ओलीको सरकार जनविरोधी भएको  भने भनाइ राखेका अध्यक्ष गुरुङले बताउनु भयो । पार्टी केन्द्रको आदेश अनुसार देशभरका वडा पालिकाको सम्मेलन गर्ने क्रममा बारपाक सुलिकोट गाउँपालिकामा यसै सम्मेलन शनिबार सम्पन्न भएको वन्दशत्रले पुन नरबहादुर गुरुङको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको छ ।

    नवनिर्वाचित उपाध्यक्षहरूमा कृष्ण गुरुङ, जितबहादुर नेपाली र पुर्णबहादुर गुरुङ,सचिब, सहसचिब र कोषाध्यक्षमा क्रमश राजकुमार गुरुङ, नवराज तामाङ र सृजना श्रेष्ठ लगायत अन्य सदस्य रहेका छन् ।त्यसअवसरमा जनयुद्धका महान प्रथम शहिद दिलबहादुर रम्तेल, अग्रज शहिद आशाकाजी श्रेष्ठलगायत अन्य शहिद तथा बेपता परिवार, घाइते तथा बारपाक सलिकोटको संस्थापकहरुलाई सम्मान समेत गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । यसै खबरदारी सभा र सम्मेलनमा सबै वडाका सदस्या तथा कार्यकर्ता र बुद्वीजिवीहरुको बक्लोरुप उपस्थिति रहेका थिए । 

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०९:०७:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको