१ पुस काठमाडौँ । गोरखाको मनकामना केबुलकार आज र भोली दुई दिन बन्द हुने भएको छ । मनकामना मन्दिर मर्मत सम्भारका लागि १ र २ पुसमा सेवा बन्द गरिएको हो । टावरको मर्मत सम्भारका लागि दुई दिन केबुलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी ३ पुस बुधबारदेखि नियमित सञ्चालन गरिने मनकामना समितिले एक सूचना जारी गरेको छ ।
सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ८ मंसिर २०५५ सालदेखि मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो ।

यो भन्दा अगाडी पनि एक महिना बन्दा गरि मर्मत कार्य गरे पनि केही हरु सहज होस भनेर थप काम गर्ने लागिएको हो ।