Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

जोईन खबर

१, पौष २०८१
  • 685
    SHARES
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    १ पुस काठमडौँ । झापाको दमक नगरपालिका वडा न १० सेतुमारी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    images

    चालकसहित तीन जना सवार मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।उनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार जिल्ला झापा गौरादह नगरपालिका–५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया ओमकुमारी राई रहेका छन्।

    images
    images
    images

    यसैगरी मोटरसाइकल चालक जिल्ला मोरङ रतुमाई नगरपालिका–८ का २७ वर्षीय विराज थापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रनाउ चन्दले बताए।मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - ०९:४७:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको