Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेकपा माओवादी केन्द्रले गोरखाको ९ वटा पालिकामा सम्मेलन सम्पन्न ग¥यो

नेकपा माओवादी केन्द्रले गोरखाको ९ वटा पालिकामा सम्मेलन सम्पन्न ग¥यो

जोईन खबर

१, पौष २०८१
  • 769
    SHARES
  • नेकपा माओवादी केन्द्रले  गोरखाको  ९ वटा पालिकामा सम्मेलन सम्पन्न ग¥यो

    १ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रले गोरखाका ९ वटा पालिकामा सम्मेलन सम्पन्न गरेको छ ।उक्त जिल्ला भित्र रहेको ११ पालिकामध्ये २ नगरपालिका र ७ गाउँपालिकाको सम्मेलन सम्पन्न गरेको हो ।सम्मेलनबाट अधिकांश पालिकामा नयाँ नेतृत्व चयन गरेको माओवादीका जिल्ला इन्चार्ज अमर तमुले जानकारी दिए ।

    images

    गोरखा नगरपालिमा रामहरी केसी, पालुङ्टार नगरपालिकाको अध्यक्षमा मदन देवकोटा निर्वाचित भएका छन् । यस्तै सहिद लखन गाउँपालिका अध्यक्षमा ध्रुर्व खनाल, भीमसेन थापा गाउँपालिकामा विनोद पाण्डे  अजिरकोट गाउँपालिका अध्यक्षमा कृष्णबहादुर गुरुङ, बारपाक सुलिकोट गाउँपालिकामा नरबहादुर गुरुङ, आरुघाट गाउँपालिकामा विष्णुप्रकाश खड्का, गण्डकी गाउँपालिकामा मिलन मगराती, धार्चे गाउँपालिकामा सूर्यवहादुर गुरुङ अध्यक्ष निर्वाचित भएको जिल्ला इन्चार्ज  तमुले बताए ।

    images
    images
    images

    सिरानचोक गाउँपालिका र  चुमनुव्री गाउँपालिकाको सम्मेलन हुन बाकी छ , अब ति पालिकामा पनि केही दिन भित्र सम्मेलन हुने कुरा भएको उहाँको भनाइ छ । मंसिरभित्र ७५३ वटै पालिकामा सम्मेलन गरिसक्न पार्टीले निर्देशन दिएपनि स्थानीय तह उपनिर्वाचनको तयारीका कारण अधिकांश स्थानमा सम्मेलन हुन सकेको छैन ।

     

    प्रकाशित मिति :पौष १, २०८१ सोमवार - १६:५३:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको