Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा म्याद थपका लागि  आज कास्की अदालतमा पेश गर्दै 

पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा म्याद थपका लागि  आज कास्की अदालतमा पेश गर्दै 

जोईन खबर

२, पौष २०८१
  • 625
    SHARES
  • पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा म्याद थपका लागि  आज कास्की अदालतमा पेश गर्दै 

    २ पुस काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत म्याद थपका लागि आज कास्की प्रहरीले अन्तिमपटक जिल्ला अदालतमा पेश गराएको छ ।

    images

    लामिछानेलाई अदालतमा उपस्थित गराएर थप ४ दिनको म्याद मागिने कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले बताए ।

    images
    images
    images

    यसअघि, मंसिर २७ गते सातौँपटक थप गरिएको ५ दिनको हिरासत म्याद गएराति समाप्त भएको थियो । प्रहरीका अनुसार, लामिछानेविरुद्ध अनुसन्धानका लागि आज आठौँपटक म्याद थप्ने प्रक्रिया अघि बढाइएको हो ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। तर, उनका व्यवसायिक साझेदार तथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी भने यसअघि असोज ६ गते नै पक्राउ परिसकेका थिए । प्रहरीले लामिछानेसहित ५१ जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्न राय दिएको छ ।

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १०:२८:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको