२ पसु काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । सुनको मूल्य पछिल्ला दुई दिनदेखि निरन्तर बढेको छ।सोमबारको बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य निरन्तर दोस्रो दिन पनि स्थिर भएको छ । चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।