२ पुस काठमाडौँ । यु १९ महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ । मलेसियामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
पहिलो पटक आयोजना भइरहेको महिला एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ ।नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरेको छ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले पराजित गरेको थियो ।प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।
एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।