१ पुस काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौंले नवौं बार्षिक साधारण सभा तथा विभिन्न कार्यक्रम गर्ने भएको छ । यस संस्थाको साधारणा सभा मदर्श बैकंकेट रानीबन काठमाडौंमा यही पुसको ६ गते बिहान ११ बजे शनिवार हुने संस्थाले जनाएको छ ।
गोरखा बारपाक सुलिकोट वडा न ६ ताकुकोटबाट काठमाडौं आई बिभिन्न पेसा ब्यबसायी र पढ्दै बस्नुहुने ताकुकोट बासीहरु मिलेर आफ्नो गाउँ र ठाउँमा केही सामजिक सेवा गर्नु पर्छ भनेर बनेको यो संस्था अहिले सबै वडा बारपाक सुलिकोट गाउँपालिका आजीवन सदस्यहरू बनाउँदै गाउँपालीका स्तरीय हुँदै गएको संस्थाका सचिव धिरज उपरकोटीले बताउनु भयो ।
यस संस्थाले धेरै कामहरू गर्दै आएको छ । गाउँमा र काठमाडौंमा रहेर आफ्नो गाउँ र गाउँपालिकाको जनसमुदायलाई समस्या परेको बेला जुन सुकै किसिमको समस्या परेकालाई आर्थिक सहयोग गर्ने गरेको छ । आफ्नो गाउँलाई राम्रो संग समाजिक रूपमा परिबर्तन गर्ने हेतुले बनेको यो ताकुकोट सेवा समाज काठमाडौं हो । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले हरेक बर्ष जस्तै यो बर्ष पनि कार्यक्रम गर्न लागेको हो ।
यस संस्थाले स्थापन काल देखिनै गाउँ वा शहरमा बसेर पढने आजिवसदस्यका छोरा छोरीहरुलाई एसइइ परिक्षामा सबै भन्दा उत्कृष्ट अंङक लाउने विधार्थीलाई नगद सहित साथमा प्रमाणपत्रले सम्मान गर्ने गरेको संस्थाका महासचिव राजन बाबु श्रेष्ठले बताउनु भयो ।
महासचिव श्रेष्ठका अनुसार यो बर्षको साधारण सभा तथा नयाँ कार्यसमिति चयन कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक मनोरन्जनात्मक प्रस्तुती,फ्रि हेल्थ चेकअप,उत्कृष्ट बिद्यार्थी पुरस्कार तथा सम्मान आजीवन सदस्यहरुको छोराछोरीलाई उत्तिर्ण सम्मान कार्यक्रम ,स्रष्टा सम्मान,आजीवन सदस्य प्रमाणपत्र वितरण समेत गर्ने तयारी रहेको उहाँले जानकारी दिनु भयो ।
संस्थाले अहिले सम्मा एसइइ उत्कृष्ट अंङक ल्उाउने विद्यार्थी मध्ये ताकुकोट भित्र सञ्चालन रहेका विद्यालयहरु श्री सूर्य ज्योति माध्यमिक बिद्यालय,माईकोट माध्यमिक विद्यालय,अन्तर ज्योती माध्यमिक विद्यालयका विधार्थीहरुलाई पुरस्कार तथा सम्मानीत गर्ने गरेको हो । संस्थाले यस कार्यक्रममा गोरखा लगायत सबै जिल्लाका मानिसहरुलाई कार्यक्रम उपस्थिति भई स्वास्थ्य जाँच गर्न समेत अनुरोध गरेको छ ।