Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भानुआटुमा आज बिहान ७.३ म्याग्निच्युडको भूकम्प 

भानुआटुमा आज बिहान ७.३ म्याग्निच्युडको भूकम्प 

जोईन खबर

२, पौष २०८१
  • 757
    SHARES
  • भानुआटुमा आज बिहान ७.३ म्याग्निच्युडको भूकम्प 

    २ पुस काठमाडौँ । टापु देश भानुआटुमा आज बिहान ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प बिहान साढे ७ बजे  गउको हो । भूकम्पको केन्द्र राजधानी पोर्टभिलाबाट करिब ३० किलोमिटर पश्चिममा थियो ।

    images

    भूकम्पपछि दिउँसो १२ बजेतिर ५.५ म्याग्निच्युडको परकम्प समेत आएको थियो । यसलाई भानुआटुमा २० वर्षपछिकै सबैभन्दा शक्तिशाली भूकम्प भनिएको छ ।भूकम्प र परकम्पका कारण घरहरू भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरूमा क्षति पुगेको भिडियोहरू सार्वजनिक भइरहेका छन् ।

    images
    images
    images

    बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरू रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरू पनि डाउन भएका थिए ।पोर्टभिलामा रहेका एक पत्रकार डेन म्याकगेरीले बीबीसीसँग भनेका छन । 

    प्रकाशित मिति :पौष २, २०८१ मंगलवार - १५:५८:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको