२ पुस काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको० विजेताले एक करोड ११ लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ क्यानले विजेताले १ करोड ११ लाख पाउँदा उपविजेताले ५५ लाख पाउने जनाएको छ ।
तेस्रोले ३० लाख र चौथोले २० लाख पाउने छन् । यसअघि प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका छन् ।यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भनेपनि अन्तिममा नाम फिर्ता भएको थियो । त्यसपछि खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव टंकलाल घिसिङसहित क्यानका पदाधिकारीको उपस्थिति रहेको थियो । ८ टिमबीच हुने एनपिएलको समापन ६ पुसमा हुनेछ ।