Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एकीकृत समाजवादीको केन्द्रीय नेताहरूको कार्यविभाजन को को  कुन पदमा

एकीकृत समाजवादीको केन्द्रीय नेताहरूको कार्यविभाजन को को  कुन पदमा

जोईन खबर

३, पौष २०८१
  • 607
    SHARES
  • एकीकृत समाजवादीको केन्द्रीय नेताहरूको कार्यविभाजन को को  कुन पदमा

    ३ पुस काठमाडौँ । एकीकृत समाजवादीले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ । २६ मंसिरमा सुरु भएर मंगलबार सम्पन्न स्थायी कमिटी बैठकले कार्यविभाजनको टुंगो लगाएको हो । पार्टीले गरेको कार्यविभाजन अनुसार झलनाथ खनालले स्कुल विभागको जिम्मा पाए वरिष्ठ नेता डा। बेदुराम भुसालले  सङ्गठन विभागको प्रमुखको जिम्मेवारी  पाएका छन् ।रिष्ठ नेता प्रमेश हमालले विदेश विभाग र घनेन्द्र बस्नेतले राजकीय मामिला विभागको जिम्मा पाएका छन् ।

    images

    वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे मोर्चा प्रमुख, उपाध्यक्ष जगन्नाथ खतिवडा सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वाला प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राई अनेमसंघ इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशी सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साह मधेस प्रदेश इन्चार्ज, उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ भने उपमहासचिव राजेन्द्र राई कोशी प्रदेश इन्चार्ज बनेका छन् । उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । त्यसैगरी उपमहासचिव गरिमा शाह संसदीय इन्चार्ज, उपाध्यक्ष मेटमणि चौधरीले लुम्बिनी इन्चार्जको जिम्मा पाउँदा सचिव श्रीनाथ बरालले गण्डकी इन्चार्ज पाएका छन् ।

    अर्का सचिव चन्द्रबहादुर शाहीले कर्णाली इन्चार्जको जिम्मा पाएका छन् । युवा इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीले पाएका छन् । 

    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:३८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको