३ पुस काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग९एनपिएल० को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
आज भएको इलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग खेल्नेछ । चितवन राइनोजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र जोड्न सक्यो चितवनका लागि रवि बोपाराले ५३ रन,कप्तान कुशल मल्लले२१ रन जोड्दै विपिन शर्माको बलमा बोल्ड आउट भए ।
ल्युक बेनकिस्टेन १६ रन विपिन रावल १८ रनमा जोड्दै आउट भएका थिए ।कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।चितवनका लागि तन्भिरले २ तथा बोपारा, शरद र कुशलले समान १ विकेट लिए ।लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।