३ पुस काठमाडौँ । नेपाल टेलिकमले यही पुस १० गतेको क्रिसमस अवसर पारेर रु ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो ।
सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ।