४ पुस काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
किर्तिपुर त्रिवि क्रिकेट मैदानमा खेल दिउँसो साढे १२ बजेबाट सुरू हुनेछ।यसअघि हिजो भएको पहिलो क्वालिफायर खेलमा जनकपुरलाई आठ विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले फाइनलमा स्थान बनाइसकेको छ।
जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। कर्णालीले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।जनकपुरका नियमित कप्तान अनिल साह अहिले चोटग्रस्त छन्। उनको स्थानमा आसिफ शेखले टिमको कप्तानी गर्ने छन्।