४ पसु काठमाडौँ । गोरखा ताकुकोट सेवा समाज काठमाडौको नवौं बार्षिक साधारण सभा पुस ६ गते शनिवारको दिन काठमाडौँमा हुने भएको छ । काठमाडौँको खरिबोटस्थित मदर्श बैकंकेट हुने नवौं बार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचन कार्यक्रम पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने संस्थाले जानकारी दिएको छ। शनिवार ११ बजेबाट सुरुहुने उद्घाटन समारोहलाई प्रमुख अथितिका रुपमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने कार्यक्रम रहेको गोरखा ताकुकोट सेवा समाज काठमाडौका कार्यसमिति सचिव धिरज उपरकोटीले जानकारी दिनु भयो ।
उक्त नवौं बार्षिक साधारणसभाले गोरखा ताकुकोट सेवा समाज काठमाडौ संस्थाले नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको संस्थाका महासचिव राजन बाबु श्रेष्ठले जानकारी दिनु भएको हो । यसै संस्थाका कोषाध्यक्ष होम नारायण श्रेष्ठका अनुसार उक्त बार्षिक साधारण सभा र विभिन्न कार्यक्रम उत्साह र भव्यताका साथ सफल पार्न काठमाडौँमा रहेका आजीवन सदस्यहरु तथा सम्पूर्ण जिल्लाका मित्रजनहरुलाई सहभागि भई सहयोगका लागी अपिल समेत गरेका छन् ।
यस संस्थाले हरेक बर्ष जस्तो यो बर्ष पनि विभिन्न कार्यहरुको योजना सहित कार्यक्रम गर्न लागेको छ । संस्थाले स्थपान देखि केही बर्ष पछि बाट बारपाक सलिकोट गाउापालिका भित्र रहेका १०/११ वटा विद्यालयबाट एसइइ परिक्षमा सहभागी हुने मध्य सबै भन्दा उत्कृष्ट अंङक ल्याउन एक बिधार्थीलाई नगद दिएर सम्मान गर्ने गरेको छ , भने अरु उत्तिर्ण हुने बिधार्थीलाई सम्मान पत्र दिएर सम्मान गर्ने गरेको हो । उक्त कार्यक्रम स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक मनोरन्जनात्मक प्रस्तुती,फ्रि हेल्थ चेकअप,उत्कृष्ट बिद्यार्थी पुरस्कार तथा सम्मान,,स्रष्टा सम्मान,आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण समेत गर्ने तयारी रहेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद पनेरुले बताउनु भयो ।
संस्थाले अहिले सम्मा एसइइ परिक्षामा उत्कृष्ट अंङक ल्याउने विद्यार्थी मध्ये गाउँपालिका भित्र सञ्चालन रहेका विद्यालयहरु श्री सूर्य ज्योति माध्यमिक बिद्यालय,माईकोट माध्यमिक विद्यालय,अन्तर ज्योती माध्यमिक विद्यालयका विधार्थीहरुलाई पुरस्कार तथा सम्मानीत गरेको थियो , भने यस बर्ष भने गाउपालिका वडा न ५ मा रहेको जलकन्यदेवि माध्यमिक विद्यायलकी एलिसा परियारलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ ।