४ पुस काठमाडौँ । गोरखा उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिको अध्यक्ष पदमा भगवानबाबु मास्के निर्वाचित भएका छन् । अध्यक्ष तथा सबै पदमा एकेक जनाको मात्र उम्मेद्वारी दर्ता भएकाले सर्वसम्मतको नजिक पुगेको संघले जनाएको हो । यस संघको उम्मेद्वारी मनोनयन र बिहिबार दाबी विरोध तथा उम्मेद्वारी फिर्ता गर्ने समय अवधि निर्धारण गरिएको छ ।
तर सबै पदमा एकेक जनाको मात्र उम्मेद्वारी परेपछि कार्यसमिति सर्वसम्मत निर्वाचितको नजिक रहेको हो ।संघको १७ औँ अधिवेशन आउँदो शनिबार हुँदैछ । नयाँ कार्यसमितिका लागिको अध्यक्ष पदमा भगवानबाबु मास्के,वरिष्ठ उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ, उपाध्यक्षमा प्रकाशचन्द्र श्रेष्ठ, र महासचिवमा चन्दनबाबु खत्रीको एकल उम्मेद्वारी परेको संघले जनाएको छ ।त्यसैगरी कोषाध्यक्षमा सुरेन्द्र कुँवर, सचिवमा शरण श्रेष्ठ र सहकोषाध्यक्षमा बसन्त बस्नेतको एकल मनोनयन दर्ता भएको छ ।
महिला सदस्यमा सुशीला श्रेष्ठ, बस्तुगत सदस्यमा पर्वबहादुर विश्वकर्मा र एसोसियट सदस्यमा बिक्रम बस्नेतको पनि एकल उम्मेद्वारी परेको छ ।यसैगरी सदस्यहरुमा प्रदिप खनाल, पुष्कल अर्याल, कर्णबहादुर गुरुङ, दिपककुमार श्रेष्ठ, मनकाजी श्रेष्ठ, काजीराम श्रेष्ठ, किरण ढकाल, भोलाप्रसाद मरहट्टा र सोम कोइरालाको मनोनयन दर्ता भएको छ ।
अध्यक्ष लगायत सबै पदहरुका लागि हालसम्म एकल उम्मेदवारी परेको संघका वर्तमान अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । निर्वाचन समितिले शुक्रबार अन्तिम नामावली घोषणा गरेसँगै नयाँ कार्यसमिति आउने उनले बताएका छन् ।