Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लाग्ने लगभग पक्का 

अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लाग्ने लगभग पक्का 

जोईन खबर

४, पौष २०८१
  • 763
    SHARES
  • अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लाग्ने लगभग पक्का 

    ४ पुस काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लाग्ने लगभग पक्का भएको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले क्रान्तिकारीको सम्मेलनको नयाँ नेतृत्व चयन उमेरहद लागू गर्दै चुनावबाट गर्ने तयारी गरेको हो ।

    images

    क्रान्तिकारीको कीर्तिपुरमा भएको २३औं राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्षे उमेरहद लगाउने विषय विधान संशोधन प्रस्ताव मार्फत प्रवेश गरेको थियो । बन्दसत्रमा यस विषयमा मतदान गरेर टुंगो लगाउने भनिएपनि त्यसपछि विवाद हुँदा सम्मेलन अघि बढ्न सकेको थिएन ।  पार्टी पदाधिकारी बैठकले अब ३२ वर्षे उमेरहल लगाउन सैद्धान्तिक सहमति गरेको एक नेताले जानकरी दिए ।

    images
    images
    images

    सो चुनावले उमेरहद कति लगाउने भन्ने निर्णय गर्ने र सोही आधारमा नयाँ नेतृत्व चयनको प्रकृया अघि बढ्ने छ ।  पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।

    अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए । पदाधिकारी बैठकअघि बसेको स्थायी समिति बैठकले प्रतिनिधि सम्बन्धी विवाद तथा उमेरहदबारेको विवाद समाधान गर्नका लागि नेताहरुलाई निर्देशन दिएको थियो । 

    प्रकाशित मिति :पौष ४, २०८१ बिहिवार - १६:३१:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको