४ पुस काठमाडौँ । पृथ्वी राजमार्ग सडक खण्डको ९नौबिसे–मुग्लिङ० सडक केही दिनको लागि बन्द हुने भएको छ । जिल्ला सुरक्षा समिति धादिङले पुस ७ देखि पुस १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।
धादिङ सडक विभागले आज एक सूचना जारी गरि पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डको पोखरेभीर कि.मि. ३३ं३०० र विशालटार कि.मि, ५२ं५०० मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले आउदो पुस ७ गते देखि पुस १३ गते सम्मा दिनको ३ घण्टा बन्द गर्ने निर्णय गरिएको छ ।
सडक बन्द दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारीसाधनहरू आंशिक रूपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले बन्दा गरिएको हो । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने सामान्य रूपमा सञ्चालन हुने जानकारी गराइएको छ ।