५ पुस काठमाडौँ । चिसो सुरु भए देखि लगातर बढेको काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम आज केही मात्रामा बढेको छ। काठमाडौँको हिजोको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भए पनि आज भने ५ डिग्री सेल्सियस पुगेको मौसमविद्ले जनाएको हो ।
शुक्रबार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । वर्षाको सम्भावना भने तत्काल नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
तराईका केही ठाउँमा बिहान हुस्सु र कुहिरो लागेको छ।