Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अध्यक्ष नेपाल र संयोजक गौतमबिच पार्टी एकताको छलफल

अध्यक्ष नेपाल र संयोजक गौतमबिच पार्टी एकताको छलफल

जोईन खबर

५, पौष २०८१
  • 643
    SHARES
  • अध्यक्ष नेपाल र संयोजक गौतमबिच पार्टी एकताको छलफल

    ५ पुस काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’ का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार बेलुकी भेटवार्ता गरेका हुन् ।

    images

    पार्टीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने निर्णय गरेको विषयमा छलफल गरिएको छ ।

    images
    images
    images

    एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्कीसहितको उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्ने बारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

    गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । 

    प्रकाशित मिति :पौष ५, २०८१ शुक्रवार - १०:४६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको