Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालका ब्याटिङ अलराउन्डर मल्ल अब आउने युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने

नेपालका ब्याटिङ अलराउन्डर मल्ल अब आउने युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने

जोईन खबर

९, पौष २०८१
  • 667
    SHARES
  • नेपालका ब्याटिङ अलराउन्डर मल्ल अब आउने युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने

    ९ पुस काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने भएका छन्। सन् २०२५ को सिजनका लागि मल्लसँग डेजर्ट भाइपर्सले सम्झौता गरेको हो।यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन्।

    images

    बास डी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपिएल० टोली पोखरा एभेन्जर्समा आबद्ध भए पनि घाइते भएपछि स्वदेश फर्किएका थिए। भाइपर्सले उनको सम्झौता रकम नखुलाएका छैनन् । २० वर्षीय मल्लले सिजनको एनपिएलमा चितवन राइनोजको कप्तानी गरेका थिए।उनले ८ खेलमा २२४ रन बनाएका थिए भने ९ विकेट लिएका थिए।

    images
    images
    images

    मल्ललाई अनुबन्ध गर्ने बारे प्रतिक्रिया दिँदै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले भने, ‘कुशललाई डेजर्ट भाइपरमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। यो सिजनको पहिलो खेल १२ जनवरीमा अबुधबीको जायेद क्रिकेट स्टेडियममा अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ।कुशल आबद्ध भाइपर्सको टोलीमा एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, ड्यान लाउरेन्स, साम कुरान लगायतका खेलाडी छन्। 

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १४:४६:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको