Logo

बिहिवार, कार्तिक १३ गते २०८३

धरहरा सशुल्क सञ्चालन गरेको शुल्कबापत  ५५ लाख सङ्कलन

धरहरा सशुल्क सञ्चालन गरेको शुल्कबापत  ५५ लाख सङ्कलन

रासस

९, पौष २०८१
  • 757
    SHARES
  • धरहरा सशुल्क सञ्चालन गरेको शुल्कबापत  ५५ लाख सङ्कलन

    ९ पुस काठमाडौँ ।  धरहरा सशुल्क सञ्चालन भएको दिन देखि आज सम्मको अवधिमा प्रवेश शुल्कबापत ५५ लाख सङ्कलन भएको छ। गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो।९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन्। जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन,उनले भने, बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ।

    images

    छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखियो।पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन्।धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति रु एक हजार शुल्क छ।

    images
    images
    images

    विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिई धरहरा सञ्चालनमा ल्याइएको हो। गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो।

    यहाँ पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुई पाङ्ग्रेलाई रु १० तोकिएको छ।  धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ। व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार छ निर्धारण गरिएको छ।

    प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १६:४६:१७ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको