११ पुस काठमाडौँ । भोजपुरको टेम्केडाँडा भ्रमण जादै गरेकको स्कर्पिओ दुर्घटना भएको छ।भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना भएको गाडीमा चालक सहित १० जना सवार रहेका थिए । घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका९६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन्।
यस्तै, भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बा र धरान–८ का चालक सुदीप लिम्बू घाइते भएका छन्।घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको प्रहरीले बताए ।