१ज्ञ पुस काठमाडौँ । राष्ट्रियसभाले बिजनेस पाउन नसकेको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।
यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले सदनलाई बिजनेस दिनुपर्नेमा जोड दिनुभयो ।कानुन निर्माणको काम पनि जनचाहनाअनुसार हुन सकेको छैन ।
बल्लबल्ल बनेका कानुनसमेत थन्किएर बसेका जानकारी गराए । आवश्यक ऐन बनाउन नसकिएको अध्यक्ष दाहालले स्वीकार गर्नुभयो । फरक प्रसङ्गमा उहाँले स्थानीय तहसँगको समन्वय सम्पर्क र संवादको सबै तहमा कमी भएको अनुभूति भएको बताउनुभयो ।
सातै प्रदेशका प्रदेशसभा सदस्य र पालिकासँगको छलफलबाट मात्रै वर्तमान समयमा तीनै तहका सरकारबीच देखिएका समस्या समाधान गर्न सकिने सबै सामु बताउनु भयो ।