१२ पुस काठमाडौँ । सहकारी रकम हिनामिना गर्ने पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ। हिजो दिउँसोबाट सुरु भएको लामिछानेको बयान बाँकी रहेकाले आज पनि निरन्तर भएको हो ।
हालसम्म पूर्वडीआईजी छविलाल जोशी र पछाईको बयान सकिसकेको छ। न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ।पोखराको सूर्यदर्शन सहकारीको तर्फबाट जिल्ला अदालत कास्कीले दायर गरेको अभियोग पत्रअनुसार सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको बयान कार्य सोमबारदेखि सुरु भएको हो।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ।
जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ।