१२ पुस काठमाडौँ । एमालेका नेता भीम रावल आफैँ पार्टीबाट निक्लिएको महासचिव शंकर पोखरेलले बताएका छन् ।प्रेस चौतारी नेपाल चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका पूर्व उपाध्यक्ष रावलले पार्टी छाडिसकेकाले उहाँलाई निकालिएको नभई आफैँ छाडेको बताएका हन ।
पार्टीका निर्णय र नीतिको विपक्षमा अभियान चलाएर हिँडेपछि उहाँ पार्टी सदस्य हुनुभएन । पुस १० गते एमाले सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको थियो ।
संसद् विघटनपछिको परिस्थितिमा नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षधरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा भीम रावलसहितका नेताहरू विपक्षमा उभिएका थिए ।पोखरेलले भने ।पार्टीले रावललाई सुध्रिने अवसर दिए पनि नसुध्रिएपछिको परिणाम भएको उनले बताए।