Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि शक्ति माविलाई 

गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि शक्ति माविलाई 

जोईन खबर

१३, पौष २०८१
  • 691
    SHARES
  • गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि शक्ति माविलाई 

    १३ पुस काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शक्ति माविले जितेको छ । यस प्रतियोगिताको उपाधि विजेता विद्यालयले  ७ स्वर्ण, १ रजत र ३ कास्य गरी कुल ११ पदक जितेर प्रथम भएको हो । उक्त  प्रतियोगितामा दोस्रो भएको महालक्ष्मी माविले ४ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १४ पदक जितेको थियाो ।

    images

    यसै प्रतियोगितामा तेस्रो हुनेमा  तारा माविले ४ स्वर्ण, ३ रजत र ५ कास्य गरी कुल १२ पदक जितेको हो । प्रतियोगितामा पालिकाभित्रका १९ सामुदायिक विद्यालयहरुले सहभागिता भएका थिए । तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रा र छात्र दुबैतर्फ गरी २८ विधामा खेलहरु भएको थियो ।

    images
    images
    images

    शनिबार सम्पन्न प्रतियोगिताको बिजेताहरुलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले पुरस्कार वितरण गरेका थिए । यस प्रतियोगिता गोनपा–१० को अध्यक्ष प्रदीप कुँवरको अध्यक्षता र  मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा उद्वघाटन भएको हो । 

    प्रकाशित मिति :पौष १३, २०८१ शनिवार - २१:५४:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको