१३ पुस काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रको गोरखा नगरपालिका नेपाल दलित मुक्ति मोर्चाको तेस्रो नगरपालिका सम्मेलन सम्पन्न भएको छ । आज गोरखाको पार्टी कार्यालय पाटेचौरमा भएको नेपाल दलित मुक्ति मोर्चाको तेस्रो नगरपालिका भेलाबाट मान बहादुर सुनार अर्जुन अध्यक्षता नयाँ कार्यसमिति चयन गरेका छन् ।
आज भएको नयाँ समिति चयनमा अध्यक्षमा मान बहादुर सुनार अर्जुन, उपाध्यक्षमा दोय सानुमाया उपरकोटी,निर्मला सुनार, सचिवमा राजेन्द्र सिर्मल र कोषाध्यक्ष अमृत परियार सहीत २५ सदस्य नगर कार्यसमिति निर्वाचित भएको छन् ।
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कमला नहर्की सपना को प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु र स्थनियको सहभागिता रहेको थियो ।