१४ पुस काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणको स्वस्थ्य अवस्था जटिल बन्दै गएको छ ।
केह दिन अघि देखि अस्पताल भर्ना गरिए पनि उपचारमा सुधार नआए पछि आइसीयुमा सारेर उपचार गरिउको हो । विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले शनिबार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको छ।
उपचारमा संलग्न चिकित्सक डा।निरज बमका अनुसार उहाँको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुनुहुन्छ ।