१४ पुस काठमार्डौँ । नेकपा ९माओवादी केन्द्रले पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे बस्नेगरी बोलाइएको पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा उमेर हदको छिनोफानोका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको छैन।
शनिबार बेलुका ७ बजे मत गनेर सकिएपनि परिणाम सार्वजनिक नगरी निर्वाचन समितिका पदाधिकारीहरू पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।खुमलटारमा छलफलपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्।