Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चितवनका अबिन देवकोटाको खोजिमा सहयोग गर्न  परिवारको अपिल

चितवनका अबिन देवकोटाको खोजिमा सहयोग गर्न  परिवारको अपिल

जोईन खबर

१४, पौष २०८१
  • 2.4K
    SHARES
  • चितवनका अबिन देवकोटाको खोजिमा सहयोग गर्न  परिवारको अपिल

    १४ पुस काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका  वडा न-१० जनशितलपथ टोल बस्ने २४ वर्षका अबिन  देवकोटाको खोजीमा सहयोग गर्न परिवारका सदस्यले अपिल गरेका छन् । अबिन देवकोटा एक हप्ताअघि अचानक हराएका थिए। केही दिन देखि बेपत्त रहेका देवकोटा  घरबाट नजिकैको होटेल गएर आउँछु भन्दै गत पुस ८ गते घरबाट निस्केका थिए। त्यसपछि उनी घर फर्केका छैनन्।

    images

    भरतपुर-१० को जनशितल पथ टोलमा घर भएका २४ वर्षका अबिन एक साता बित्दा पनि घर नफर्किएपछि उनको परिवारका सबै सदस्याहरु चिन्तामा छन्। जुन कुनै स्थान वा आफन्तको खोजतलास गर्दा पनि नभेटीए पछि अहिले उनका भाइ अभिषेक देबकोटाले खाजि कार्यमा सहयोग गर्ने अपिल गरेका हुन् । भाई अभिषेकका जाकारी अनुसार एकैछिन होटेल जान्छु भन्दै घरबाट निस्केका अबिन त्यहाँ भने गएका थिएनन्।

    images
    images
    images

    ‘हामीले त्यहाँ गएर सीसीटिभी फुटेज चेक गर्दा त्यहाँ जानु भएको रहेनछ,’ उनले भने, ‘बरु मोबाइलको अन्तिम लोकेशन दास ढुंगामा भएको पाइयो।’दास ढुंगानजिकै रहेको प्रहरी चौकी नजिक उनले आफ्नो बाइक अलपत्र छोडेर हिँडेका थिए। ‘प्रहरीले बाइक अलपत्र रहेको भेट्टाएपछि हामीलाई खबर गर्नुभयो,’ भाइ अभिषेकले भने, ‘मोबाइल पनि बाइकको सिटभित्रै राख्नु भएको रहेछ।छोरा हराएपछि आमाबुवा भने निकै चिन्तामा परेका छन्।‘दाइ हराएपछि बुबाआमा निकै चिन्तित हुनुहुन्छ,’ अभिषेकले सुनाए, ‘यस्तो किन गर्‍यो भनेर उहाँहरु नै अचम्ममा पर्नुभएको छ।

    ’होटेल म्यानेजम्यान्ट पढेका अबिन केहीअघिसम्म चितवनकै एक स्थानीय रिसोर्टमा काम गर्थे। बीएचएमको रिजल्ट आएर पास भएपछि उनी पछिल्लो समय रिसोर्टको काम छोडेर विदेशको तयारीमा थिए।अबिन बेपत्ता हुनेबित्तिकै प्रहरीमा खबर गरेको र प्रहरीले खोजतलास जारी राखे पनि केही पत्ता नलागेको भाइ अभिषेकले सुनाए।अबिनलाई देख्ने जोकोहीले आफूहरुलाई वा नजिकैकाे प्रहरी चाैकीमा सम्पर्क गरेर खबर गरिदिन अभिषेकको आग्रह गरेका छन् । ।अभिषेकको सम्पर्क नम्बर(9864066303)  रहेको छ।

    प्रकाशित मिति :पौष १४, २०८१ आइतवार - २०:०९:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको