Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गुरुङ समुदायले आज 'तमु ल्होसार' पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

गुरुङ समुदायले आज 'तमु ल्होसार' पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

जोईन खबर

१५, पौष २०८१
  • 736
    SHARES
  • गुरुङ समुदायले आज 'तमु ल्होसार' पर्व मनाउँदै, देशभर सार्वजनिक विदा

    १५ पुस काठमाडौँ । आज पुस १५ गते नेपालीहरुले आ(आफ्नै परम्परा, संस्कृति र रितीअनुसार मनाउँदै छन् ।यस अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।  पुस १५ को दिन गुरुङहरूले ल्होछार अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् ।

    images

    तिब्बती भाषामा ‘सार’ भनेको नयाँ र ‘लो’ भनेको वर्ष भन्ने हुन्छ । तिब्बतमा नामलाई पहिले र विशेषणलाई पछि लेख्ने चलन रहेकोले यो पर्वलाई ‘लोसार’ भन्ने गरिन्छ । पछि यसलाई तद्भव बनाएर नेपालमा ‘ल्होछार’ नाम राख्न थालियो ।

    images
    images
    images

    नेपालमा ल्होछार मनाउने थकाली, गुरुङ र तामाङहरूले तिब्बती लोसारमा केही परिमार्जन गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा। जगमान गुरुङका अनुसार नेपाली मंगोल समुदायले मनाउने लोसारको गाई वर्गलाई तिब्बतमा गोरु वर्गको नामले चिनिन्छ ।

    चीनमा सुँगुर वर्ग भनेर चिनिने महिनालाई नेपालमा मृग महिनाको रुपमा चिनिन्छ, तिब्बतमा खरायो महिनालाई नेपालमा बिरालो महिना मानिन्छ । यसरी महिनामा पनि नेपाली मौलिक नामाकरण गरिएको छ ।  समग्रमा भन्दा पुस १५ विविध सांस्कृतिक पर्वहरूको संगम बनेको छ ।

    प्रकाशित मिति :पौष १५, २०८१ सोमवार - ११:३६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको